प्रिमियर लिगमा ६ खेल हुँदै, लिभरपुल अपराजित यात्रा कायमै राख्ने दाउमा
इंग्लिस प्रिमियर लिगमा शनिबार ६ वटा खेल हुँदैछ । अपराजित लिभरपुल र लेस्टर सिटी बीचको खेल पनि आजै हुँदैछ ।
पहिलो खेल ५ः१५ बजे ब्राइटन र टोटन हाम बीच हुनेछ ।
वर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच र एस्टोन भिल्ला, वाटफोर्ड र सेफिल्डको खेल एकै समयमा हुनेछ । यो चार खेल राति ७ः४५ मा हुनेछ भने अन्तिम खेल १०ः१५ बजे शुरु हुनेछ ।
शनिबारको अन्तिम खेल वेस्टह्याम र क्रिष्टल प्यालेस बीच हुनेछ ।