फागुनमा डीपीएल
सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी ३ देखि १५ फागुनसम्म सञ्चालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
अघिल्लो संस्करणको उपाधि सिवाईसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।