सन्दीपले झारे जिम्वाबेको पहिलो विकेट
सिंगापुरमा जारी त्रि–देशीय प्रतियोगिताको अहिले भइरहेको जिम्वाबेविरुद्धको खेलमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।
लामिछानेले पहिलो ओभरको चौथो ओभरमा जिम्वाबेका ओपनर ब्रायन चरीलाई एलबीडब्लू धरापमा पारे ।
नेपालले टस जितेर बलिङ राजेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्वाबेसँग पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले सिंगापुरलाई हराउँदै अंकतालिकामा शीर्ष स्थानमा रहेको छ ।
यसअघिको जिम्वाबेविरुद्ध खेलमा पनि सन्दीपले ३ विकेट लिएका थिए ।