शतक प्रहार गर्दै पारस खड्काले बनाए नयाँ रेकर्ड
सिंगापुर विरुद्ध कप्तान पारस खड्काले कीर्तिमानी ब्याटिङ गरेका छन् । कप्तान खड्काले ४९ बलमा शतक पूरा गरे ।
टी-२० मा खड्काकाे पहिलाे सतक हाे । १५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान खड्काले शतक बनाउँदा ९ छक्का र ७ चौका प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले दुई र सुशन भारीले एक विकेट लिएका थिए । सोमपाल कामी र सन्दीप लामिछानेजस्ता अनुभवी बलर भने विकेटविहीन बनेका थिए ।