आयोजक सिंगापुरसँग भिड्दै नेपाल
त्रिकोणात्मक सिरिज खेल्न सिंगापुर पुगेको नेपाली टोलीले शनिबार साँझ आयोजक सिंगापुरसँगै प्रतिष्पर्धा गर्दैछ ।
विश्वकप छनोट तयारीका लागि सिंगापुरले सिरिजको आयोजना गरेको छ । नेपाल भने सिंगापुरसँगै पराजित हुँदै छनोटबाट बाहिरिएको थियो ।
नेपाल अहिलेको सिंगापुरको आमन्त्रण स्वीकार्दै सिरिज खेलिरहेको छ । सिंगापुरसँगको खेल साँझ ५ः१५ बाट शुरु हुनेछ ।
सिरिजको पहिलो दिन नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएको थियो ।
युवा क्रिकेटरसहित मैदानमा उत्रिएको नेपालले औसत लक्ष्य प्रस्तुत गरेको थियो । जिम्बाबेले सहजै जित हात पारेको थियो ।