जीप र बस ठोकिंदा १३ घाइते
मोरङ पथरी शनिश्चरे नगरपालिका–२ स्थित राजमार्गमा बस र पिकअप जीप आपसमा ठेकिंदा १३ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४२७८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को१च ७९०५ नम्बरको जीप आइतबार बिहान ९ः४५ मा ठोकिएको प्रहरीले बताएको छ ।
दुर्घटनामा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घाइते मध्ये जीपका चालक झापा बुद्धशान्ति–५ का केवल कुमालको लाइफ लाइन अस्पताल दमक र सहचालक झापा तोपगाछी–७ का मनिष दर्जीको विराट नर्सिङहोम विराटनगर उपचार भइरहेको छ ।
बसमा सवार ११ जनाको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।