टेष्ट राष्ट्रसँग भिड्दै नेपाल
त्रिकोणात्मक सिरिजका लागि सिंगापुर पुगेको नेपालले आज साँझ टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेसँग प्रतिश्पर्धा गर्दैछ ।
टी–२० सिरिजको पहिलो खेलमा नेपाल साँझ ५ः१५ मा जिम्बाबे विरुद्ध मैदानमा उत्रदैछ । कप्तान पारस खड्काले यो खेललाई युवा क्रिकेटरलाई परिपक्क बनाउने अवसरका रुपमा लिएका छन् ।
नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी खेलाडीहरु शरद भेषवाकर र बसन्त रेग्मीलाई टीममा नराखी युवा क्रिकेटरलाई प्राथमिकता दिएको खेललाई कप्तान खड्काले राष्ट्रिय टीमको नयाँ संरचनाको थालनि भनेका छन् ।
नेपालले घरेलु टीम सिंगापुरसँग भने शनिबार भिड्दैछ । दुई दिनको अन्तर फेरि यिनै टीमसँग नेपालले प्रतिश्पर्धा गर्नेछ ।
सिंगापुर लगत्तै नेपाल ओमान जाने कार्यक्रम तय भएको छ । पाँच राष्ट्र बीच हुने मैत्रीपूर्ण खेलका लागि ओमान जानेछन् ।