समाचारबिहिबार, ९ आश्विन , २०७६

पूर्वप्रम नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता

रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्यू बेरीले भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा पार्टीका एवं विदेश विभाग प्रमुख नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा दुई देशबीचको पारस्परिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

आजको भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस