भिल्लारियललाई हराउदै बार्सिलोना चौथो स्थानमा
स्पेनिस ला लिगामा भिल्लारियललाई हराउँदै बार्सिलोना चौथोंमा उक्लिएको छ ।
खेलको छैटौं मिनेटमै एन्टोनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसको दश मिनेट नबित्दै बार्सिलोनाले १५औं मिनेटमा गोल थप्यो । अर्थर मेलोको गोलपछि बार्सिलोना २–० ले अगाडि भयो ।
पहिलो हाफको अन्त्यतिर भिल्लारियलले गोल फर्कायो । ४४औं मिनेटमा भिल्लारियलका सान्टी काजोर्लाले गोल फर्काएका थिए ।
तर, दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन नसकेपछि बार्सिलोना विजयी भयो ।
जितसँगै बार्सिलोनाले ६ खेलबाट दश अंक जोडेको छ । समान ६ खेलबाटै ११ अंकसहित ग्राण्डा शीर्ष स्थानमा कायमै छ ।