मेसीलाई वर्ष खेलाडी बनाउन नेपालका दुई जनाको पहिलो रोजाइकाे मत
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीलाई फिफा वर्ष खेलाडी अवार्ड दिएको छ ।
मंगलबार राति घोषणा भएको वर्ष खेलाडी अवार्डका लागि मेसीसँगै पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र नेदरल्याण्डका भान डाइक अन्तिम प्रतिपश्र्धामा थिए । तर प्रशिक्षक, कप्तान र पत्रकारले दिएको मतका आधारमा मेसीले उपाधि जिते ।
मेसीले फिफा वर्ष खेलाडी अवार्ड पाएको यो छैटौं पटक हो । यसअगाडि मेसीले सन् २००९, २०१०, २०११ र २०१४ मा वर्ष खेलाडीको उपाधि जितेका थिए ।
वर्ष खेलाडी बन्न विश्वभरका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानले मतदान गर्छन् । मेसीले वर्ष खेलाडीको अवार्ड जित्दा नेपालका तर्फबाट कप्तान विराज महर्जन, प्रशिक्षक योहान कालिन र पत्रकार रितेश रिजालले मतदान गरेका थिए ।
कप्तान महर्जनको पहिलो रोजाइमा रोनाल्डो थिए भने दोस्रोमा मेसी र तेस्रोमा भान डाइक थिए । तर, प्रशिक्षक कालिन र पत्रकार रिजालको पहिलो रोजाइमा मेसी थिए ।
प्रशिक्षक कालिनको दोस्रो रोजाइमा रोनाल्डो र तेस्रोमा भान डाइक थिए । पत्रकार रिजालले भने दोस्रोमा एमबाप्पे र तेस्रोमा भान डाइकलाई मत दिएका थिए ।
फिफाको नियमअनुसार, पहिलो रोजाइमा पर्नेले १२, दोस्रोमा पर्नेले १० र तेस्रोमा पर्नेले ८ अंक पाउछन् ।