लिभरपुलको अपराजित यात्रा कायमै, चेल्सी २–१ ले पराजित
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।
आइतबार राति सकिएको खेलमा चेल्सीलाई दुई–एक गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो । चेल्सीले भने यो सिजनमा दोस्रो हार बेहोरेको छ ।
लिभरपुललाई अपराजित राख्न चेल्सी बिरुद्ध १४औं मिनेटमा स्टार खेलाडी मोहम्मद सलाह ३०औं मिनेटमा फर्मिन्होले गोल गरेका थिए । पहिलो हाफमै अग्रता लिएको लिभर विरुद्ध चेल्सीले ७१औं मिनेटमा गोल फर्काए पनि हार टार्न सकेन ।
युवा खेलाडीहरुले भरिएको चेल्सीले दोस्रो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि स्कोर गर्नबाट चुक्यो । लिभरपुलले ६ खेलबाट स्पष्ट जित निकाल्दै १८ अंक जोडेको छ ।