घरेलु मैदानमा नेपाल भुटानसँग एक–शून्यले पछाडि
साफ यू–१८ फुटबल च्याम्पियनसिपको समूह चरणमा नेपाल भुटानसँग एक–शून्इ गोल अन्तरले पछाडि परेको छ ।
सशस्त्र प्रहरीको हलचोंकमा भइरहेको खेलको पहिलो हाफमा नेपाल पछाडि परेको हो । राम्रो अवसर गुमाएको नेपालले खेलको ४०औं मिनेटमा गोल खानु परेको थियो ।
नेपाल भुटानलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । यसअघि माल्दिभ्स विरुद्धको खेलमा नेपाल एक–एक गोलको बराबरीमा रोकिदै अंक बाड्न पुगेको थियो ।