धीरबहादुर बुढाले जिते खलंगा–रारा अल्ट्राम्याराथन
कर्णाली स्पोर्ट्स कल्बले आयोजना गरेको जुम्लाको खलंगा बजारदेखी मुगुको रारा तालसम्मको ४९ किलोमीटर अल्ट्राम्याराथन प्रतियोगितामा धीरबहादुर बुढा प्रथम, धिरेन्द्र भण्डारी दोस्रो र नेपाल आर्मी क्लबका देवराज महतारा तेस्रो भएका छन् ।
बुढाले ४९ किलोमीटरको रेस ५ घण्टा १३ मिनेट ३९ सेकेन्ड, दोस्रो हुने भण्डारीले ५ घण्टा १९ मिनेट ३८ सेकेन्ड र तेस्रो हुने महताराले ५ घण्टा २४ मिनेट ३ सेकेन्डमा पुरा गरेका थिए ।
यस्तै महिला तर्फ कर्णाली स्पोर्ट्स कल्बकि राम माया बुढा प्रथम, मन्जु रावत दोश्रो र नेपाल आर्मी कल्बकी रोजिना भण्डारी तेस्रो भएकी थिइन ।
प्रथम हुने बुढाले ४९ किलोमीटरको रेस ६ घण्टा ४६ मिनेट ३५ सेकेन्ड, दोस्रो हुने रावतले ६ घण्टा ४६ मिनेट ४० सेकेन्ड र तेस्रो हुने भण्डारीले ६ घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पुरा गरेका थिए ।
प्रथम हुनेलाई ७० हजार, दोश्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार पुरस्कार प्रदान गरिएको थियो । यस्तै टप १० भित्र रेस पुरा गरेका अन्य ७ जनालाई पनि ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
दोश्रो पटक आयोजना भएको रेस ५४ जनाले पुरा गरेका थिए ।