च्याम्पियन्स लिगः लिभरपुल र चेल्सी पराजित, बार्सिलोना अंक बाड्न सफल
मंगलबार राति शुरु भएको च्याम्पियन्स लिगमा चर्चित क्लबहरु पराजित भएका छन् ।
पहिलो हाफ बराबरी खेलेको चेल्सी विरुद्ध दोस्रो हाफको ७४औं मिनेटमा गोल गर्दै भ्यालेन्सियाले जित निकालेको छ । चेल्सी हाबी भएपनि हार टार्न भने सकेनन् । पराजयसँगै चेल्सी समूह तालिकाको तेस्रो स्थानमा धकेलिएको छ ।
डिफेन्डिङ च्याम्पियन लिभरपुल बलिया टीम नापोलीसँग पराजित भएको छ । नापोलीसँग लिभरपुल २–० गोल अन्तरले पराजित भयो ।
पहिलो हाफ गोल रहित बराबरी भएपनि दोस्रो आफको अन्त्यतिर नापोलीले दुई गोल ग¥यो । लिभर विरुद्ध नापोलीले ८२औं र थपिएको समयमा गोल गर्दै जित निकाल्यो ।
बार्सिलोना भने डर्टमुण्डसँग अंक बाड्न सफल भयो । डर्टमुण्डले पेनाल्टी मिस गर्दा बार्सिलोनालाई राहत मिल्यो । डर्टमुण्ड र बार्सिलोनाले गोलरहित बराबरीमा अंक बाड्यो ।
हाल्याण्डको ह्याट्रिक
नर्वेका १९ वर्षीय खेलाडी इर्लिङ ब्राउट हाल्याण्डले खेलको पहिलो आफमै ह्याट्रिक पूरा गरेका छन् ।
रेड बुलका युवा स्ट्राइकर हाल्याण्डले खेल शुरु भएको दुई मिनेटमै गोल गर्दै जिंक विरुद्ध अग्रता दिलाएका थिए । यसपछि ३४औं र ४५औं मिनेटमा गोल थप्दै हाल्याण्डले ह्याट्रिक पूरा गरे ।
उनी च्याम्पियन्स लिगको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने । हाल्याण्डको ह्याट्रिकसँग रेड बुलले ६–२ गोल अन्तरले जित निकालेको छ ।