अर्थ/बजारमंगलबार, ३१ भाद्र , २०७६

नेपालका अधिकांश व्यवसाय युवाको हातमा, ३० प्रतिशतमा महिला प्रबन्धक

हिमालखबर

नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ ।

फाइल तस्वीरः एनवाईईएफ

केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक प्रतिष्ठानमध्ये ४ लाख ५० हजार ४६४ प्रतिष्ठान ४० वर्षभन्दा मुनिका युवाले हाँकिरहेका छन् ।

यो तथ्यांकले कुल प्रतिष्ठानमध्ये ५४ प्रतिशतको व्यवस्थापन युवाको नेतृत्वमा रहेको देखिन्छ ।

त्यस्तै, देशका कुल व्यवसायिक प्रतिष्ठानमध्ये झ्ण्डै ३० प्रतिशत महिलाको स्वामित्वमा रहेको देखिएको छ ।

कुलमध्ये २९ दशमलव ८ प्रतिशत व्यवसायिक प्रतिष्ठानमा महिलाको स्वामित्व रहेको र २९ दशमलव ६ प्रतिशत व्यवसायमा महिला नै प्रबन्धक रहेको सरकारी गणनाले देखाएको छ ।

गणनाका अनुसार, व्यवसायिक प्रतिष्ठानमा कुल ३२ लाख २८ हजार जना आवद्ध छन् ।

विवरणका अनुसार, २०७४ सालमा अहिलेसम्मकै सर्वाधिक व्यवसायिक प्रतिष्ठान शुरु गरिएको देखिएको छ । त्यो वर्ष कुल १ लाख ९८ हजार प्रतिष्ठान शुरु गरिएका थिए ।

अघिल्लो वर्ष २०७३ मा कुल १ लाख ९ हजार व्यवसाय शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस