बार्सिलोनाबाट निकाल्न मेसीको बुवासँग बार्ता
चर्चित स्ट्राइकर लियोनल मेसीलाई बार्सिलोनाबाट आफ्नो क्लबमा ल्याउन इन्टर मियामीले प्रक्रिया शुरु गरेको छ ।
३२ वर्षीय मेसीले जुनसुकै बेला क्लब छोड्न सक्ने बार्सिलोनाको अभिव्यक्तिसँगै चर्चित फुटबरल डेबिड बेकहामको क्लब मियामीले प्रक्रिया अगाडि बढाएको हो ।
बार्सिलोनासँग मेसीको सम्झौता २०२१ मा सकिदैछ । तर, मीआमीले २०२० भित्रै ठूलो खेलाडी क्लबमा भित्र्याउने योजना सहित मेसीबारे प्रक्रिया अगाडि बढाएको हो ।
मियामीले मेसीका बुवासँग यसका लागि बार्ता गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबारेको प्रतिक्रियामा मेसीले पनि ‘संभव रहेसम्म बार्सिलोना नै रहने’ बताएका छन् ।