मोदी र ओलीले स्वीच थिचे, अमलेखगञ्जमा डिजेल खस्यो (तस्वीरहरु)
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री मोदीले दिल्लीबाट स्वीच थिचेर डिजेल सेन्ट गरेका छन् भने प्रधानमन्त्री ओलीले स्वीच थिचेरै डिजेल रिसिभ गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटार र मोदीले नयाँ दिल्लीबाट स्वीच थिचेका थिए ।
कम्प्युटरकै माध्यमबाट पाइपलाइन बन्द र खुला गर्न सकिनेछ । यसका लागि अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । मंगलबार पाइपलाइनबाट आएको डिजेल काठमाडौं, पोखरा र अमलेखगञ्ज पठाइने भएको छ ।
दैनिक २४ घण्टासम्म सञ्चालन हुनसक्ने पाइपलाइनबाट प्रतिघण्टा २९४ किलोलिटर तेल आउनसक्छ । पाइपलाइनबाट आएको तेल भण्डारण गर्न ४१ सय किलोलिटरका दुई र ३९ किलोलिटर क्षमताका दुई ट्याङ्की बनेको छ ।