सचिन र धोनीलाई सहयोग गर्ने रेड रकसँग सम्झौता गर्न सोमपाल र करण दिल्लीमा
नेपालका अलराउण्डर करण केसी र सोमपाल कामी नयाँ दिल्ली पुगेका छन् ।
दुवै भारतीय कम्पनी रेड रकसँग प्रायोजक सम्झौताका लागि करण र सोमपाल दिल्ली पुगेका हुन् । रेडरकले गत असारमै दुवै जनालाई खेलकुद सामग्रीका लागि प्रायोजन गर्ने सहमति गरेको थियो ।
तर, कार्यालय दिल्ली भएकाले प्रायोजक सम्झौता गर्न यी दुई खेलाडी दिल्ली पुगेका हुन् । सम्झौतापछि ‘आरआर’ ब्याट खेल्नुपर्नेछ भने रेड रकले दुई वर्षका लागि तीनदेखि पाँच हजार अमेरिकी डलर बराबरको क्रिकेट सामग्री उपलब्ध गराउनेछ ।
यो कम्पनीले भारतका सचिन तेन्दुलकर र एमएस धोनीलाई समेत क्रिकेट सामग्री उपलब्ध गराउथ्यो ।