पावरहाउस जर्मनी नेदरल्याण्डससँग स्तब्ध
यूरोकप छनोट खेलमा यूरोपकै हाउसहाउस जर्मनी नेदरल्याण्ड्ससँग चार–दुई गोल अन्तरले पराजित भएको छ ।
समूह ‘सी’मा रहेको जर्मनी नेदरल्याण्डससँग दुई गोल अन्तरले स्तब्ध भएको हो । खेलको नवौं मिनेटमा लिएको अग्रता जोगाउन नसकेको जर्मनीविरुद्ध नेदरल्याण्ड्सले दोस्रो हाफमा चार गोल गर्यो ।
जवाफमा जर्मनले एक गोल मात्रै फर्काउन सक्यो ।
नेदरल्याण्डस् ५९औं, ७३औं र थपिएको अतिरिक्त समयमा गोल गर्न सफल भयो । एक गोल आत्मघाती उपहार दिएको जर्मनले ७९औं मिनेटमा सान्त्वना गोल गरे ।