भारत प्रक्षेपित चन्द्रयान–२ आज राति चन्द्रमामा अवतरण गर्दै
भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा राज राति अवतरण हुने इसरोले जनाएको छ । इसरो भारतमा खगोलीय क्षेत्रको काम गर्ने संस्था हो ।
आज राति भारतीय समय अनुसार करीब डेढ बजेदेखि दुई बजेसम्म अवतरण गर्ने जनाइएको छ ।
आज राति अर्थात ७ सेप्टेम्बर राति १.३८ बजे चन्द्रयान–२ चन्द्रमा भन्दा ३५ किमी माथिबाट सतहतर्फ अवतरण शुरु गर्ने इसरोले उल्लेख गरेको छ ।
करीब १० मिनेटपछि ७.४ किमीको उँचाइबाट यसलाई ब्रेक लगाउन शुरु गरिनेछ । यसलाई ब्रेक लगाउन यसको इन्जिनलाई विपरीत दिशामा स्टार्ट गरिने छ । र, विस्तारै अवतरण गराइने उल्लेख इसरोले बताएको छ ।
चन्द्रयान–२ अवतरण गरेको दृश्यलाई हेर्न प्रधानमन्त्री नरेन्द्र मोदी इसरो प्रधान कार्यालय बंगलुरुमा हुनेछन् । उनीसँगै ६० जना मेधावी विद्यार्थीहरूले पनि अवलोकन गर्ने बताइएको छ । चन्द्रयान–२ जुलाई २२ मा प्रक्षेपण गरिएको थियो ।–एजेन्सी