बराबरीमा रोकिए टोटनहाम र आर्सनल
इंग्लिस प्रिमियर लिगमा टोटनहाम र आर्सनल बराबरीमा रोकिएको छ ।
पहिलो हाफमा २–१ को अग्रता लिएको टोटनहामलाई आर्सनलले गोल फर्काउँदै अंक बाडेको हो । खेलको १०औं मिनेटमा इरिक्सन र ४०औं मिनेटमा हेरी केनले गोल गर्दै २–० को अग्रता बनाएको थियो ।
तर, पहिलो हाफको थपिएको एक मिनेटमा आर्सनलले गोल फर्कायो । आर्सनलका अलेक्जेण्डरले गोल गरेका थिए । पूरै खेलभर हाबी रहेको आर्सनलले ७१औं मिनेटमा गोल गर्दै अंक बाडेको हो ।
चार खेल सकिदा अंक बाड्दै आर्सनल पाँचौं स्थानमा उक्लिएको छ भने टोटनहाम नवौं स्थानमा छ ।