सन्दीप लामिछानेले पीपीएल नखेल्ने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पोखरा प्रिमियर लिग (पीपीएल) नेखेल्ने भएका छन् ।
अघिल्लो सिजनमा विराटनगर टाइन्सका कप्तान बनेका सन्दीप लामिछानेले यस पटक भने पीपीएल नै नखेल्ने भएका हुन् ।
क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि अनुबन्धित भइसकेका सन्दीपले पीपीएल खेल्न नपाउने भएका हुन् ।
सीपीएलमा बार्बाडोसमा सन्दीप ७० हजार डलरमा अनुबन्धित भएका छन् । सीपीएल र पीपीएलको समय जुधेकाले सन्दीपले स्वदेशी प्रतियोगिता पीपीएल नखेल्ने भएका हुन् ।
सीपीएलसँगै सन्दीपले यूएईमा हुने टी–१० क्रिकेट लिग र अफगानिस्तान प्रिमियर लिग खेल्नेछन् ।