घट्यो सुनको मूल्य
लगातार नयाँ रकेर्ड बनाउँदै बढिरहेको सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य नौ सयले घटेको छ । सोमबार प्रतितोला ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य आज नौ सयले घटेर ७२ हजार ६ सय कायम भएको छ ।
सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य आज ७२ हजार ३ सयमा झरेको छ । चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ ।