नेपाल र अफगानिस्तान बीचको भिडन्त प्रतिष्पर्धात्मक (लाइभ)
एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ ।
अहिलेसम्मको खेल प्रतिष्पर्धात्मक बनिरहेको छ ।
पहिलो सेट नेपालले जित्यो । नेपालले अफगानिस्तानसँग २५–२३ को प्रतिष्पर्धात्मक सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने नेपालले गुमायो। अफगानिस्तानले पनि २५–२३ कै प्रतिष्पर्धात्मक सेट जित्यो ।
समूह चरणको खेलबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा नेपाल पराजित भएर तेस्रो बनेको थियो भने समूह ‘बी’मा बंगलादेशलाई पराजित गरी अफगानिस्तान तेस्रो भएको थियो ।