वुलिङ ईभी नेपाली बजारमा
![वुलिङ ईभी नेपाली बजारमा](https://www.himalkhabar.com/uploads/posts/800X600/Wuling--EV-(2)-1716200981.jpg)
विद्युतीय गाडी वुलिङ ईभी नेपाली बजारमा आएको छ।
नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको हो। एक विशेष कार्यक्रमबीच नयाँ गाडी सार्वजनिक गरिएको छ।
यो गाडीले नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा नयाँ आयाम थप्ने पारामाउन्टसले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक चार्जमा ३३३ किलोमिटरसम्म सहज एवं आरामदायी यात्रा गराउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, ७९० लिटर क्षमताको बुट स्पेस भएको वुलिङ ईभी छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ।
यो गाडीको शुरुआती मूल्य ३१ लाख ९९ हजार रहेको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीन रंगमा उपलब्ध छ।