नेपालले पायो ११५ रनको लक्ष्य
![नेपालले पायो ११५ रनको लक्ष्य](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal-hongkong_2-1713170661.jpg)
एसीसी टी-२० प्रिमियर कप अन्तर्गत हङकङसँगको खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ।
ओमनको अल अमिरत रंगशालामा पहिले ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको हो। हङकङका लागि अंशी राथले ३४, जीसन अलीले १४, निजाकत खानले १२ र इशान खानले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि अविनाश बोहराले तीन, ललित राजवंशी दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा करण केसीले एक विकेट लिए।
नेपालले यसअघिका दुवै खेल जितेर चार अंक बटुलेको छ। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।
हङकङले भने यसअघिका दुईमध्ये एक खेल जितेर दुई अंक बटुलेको छ। सेमिफाइनलको सम्भावना जीवितै राख्न हङकङ पनि जित्नै पर्ने दबाबमा छ।