टस जितेर नेपालले रोज्यो फील्डिङ
![टस जितेर नेपालले रोज्यो फील्डिङ](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal-hongkong_1-1713164594.jpg)
एसीसी टी-२० प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा सोमबार पानी परेका कारण केही ढिलो गरी टस भएको छ। नेपालले टस जितेर फील्डिङ रोजेको छ।
नेपाल र हङकङको खेल बिहान ११ः४५ बजे तय गरिएको थियो। तर पानी परेपछि भर्खरै टस भएको हो।
नेपालले यसअघिका दुवै खेल जितेर चार अंक बटुलेको छ। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।
हङकङले भने यसअघिका दुईमध्ये एक खेल जितेर दुई अंक बटुलेको छ। सेमिफाइनलको सम्भावना जीवितै राख्न हङकङ पनि जित्नै पर्ने दबाबमा छ।