उपाधिका लागि गुजरातसँग प्रतिस्पर्धा गर्दै नेपाल
![उपाधिका लागि गुजरातसँग प्रतिस्पर्धा गर्दै नेपाल](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal_2-1712316338.jpg)
भारत भ्रमणमा रहेको नेपाली टोली एसएमएस फ्रेन्डशिप कप अन्तर्गत उपाधिका लागि आज गुजरातसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल र गुजरातबीचको फाइनल खेल आज दिउँसो १ः१५ बजे शुरू हुनेछ। त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरात फाइनलमा पुगेका हुन्।
प्रतियोगितामा बरोदाले पनि प्रतिस्पर्धा गरेको थियो। लिग चरणको अन्तिम खेलमा बरोदाले नेपाललाई पराजित गरेको थियो।
नेपाल चारमध्ये तीन खेल जितेर शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। त्यस्तै, गुजरात चारमध्ये दुई खेल जितेर चार अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गरेको थियो। बरोदाले भने चारमध्ये एक खेल मात्रै जितेको थियो।
अर्को सातादेखि ओमनमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदै छ। त्यसको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा गएको हो।
प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। एशिया कपअघि आईसीसी टी-२० विश्वकप हुँदै छ। नेपालले पनि टी-२० विश्वकप खेल्नेछ।