लोकेश बमको शानदार शतक
![लोकेश बमको शानदार शतक](https://www.himalkhabar.com/uploads/posts/800X600/lokesh-bam-1711707904.jpg)
आयरल्यान्ड विरुद्धको खेलमा लोकेश बमले शानदार शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा बमले ५१ बलमा शतक प्रहार गरेका हुन्। उनले आठ चौका र आठ छक्का प्रहार गरे।
प्रारम्भिक ब्याटर बमले शुरूआतमा टिकेर खेलेका थिए। बिस्तारै गति बढाएका उनले छक्का र चौका प्रहार गरे।
उनी १५औं ओभरको अन्तिम बलमा क्याच आउट भए। उनले ५६ बलमा १०६ रन बनाए।
यो उनको पहिलो शतक हो। टी-२० मा उनको उच्च स्कोर ३३ रन थियो।
उनले नेपालका लागि ११ वटा अन्तर्राष्ट्रिय टी-२० खेलेका छन्। जसमा ८६ रन बनाएका थिए।