अखिलकी नेत्री रक्षा बम पक्राउ
![अखिलकी नेत्री रक्षा बम पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/police-maharajjung-1711538066.jpg)
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूकी नेत्री रक्षा बम पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बमलाई पक्राउ गरेको हो। अनुचित लाभको कसूरमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलेले बताए।
प्रहरीका अनुसार उनी विरुद्ध अनुचित लाभको कसूरमा जोहरी परेको छ। जाहेरीमा फोनबाट धम्क्याएको र पैसा मागेको आरोप लगाइएको छ।
बमलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारीले बताए।
उनी अनेरास्ववियुकी स्थायी कमिटी सदस्य पनि हुन्।