मनाइयो सम्यक् महादान पर्व (तस्वीरहरू)
बौद्ध समाजले बिहीबार ललितपुरको पाटनमा सम्यक् महादान पर्व मनाएको छ।
ललितपुरमा हरेक पाँच वर्षमा सम्यक् महादान पर्व मनाइन्छ। यसलाई ‘इतिल्हने सम्यक्’ पनि भनिन्छ।
यो पर्व विशेषतः दान र दीपंकर बुद्धसँग सम्बन्धित छ। दीपंकर बुद्धलाई श्रद्धा व्यक्त गरेर प्रदान गरिने दान नै सम्यक् महादान पर्व हो।