उपाधिका लागि भिड्दै नेपाल र पपुवा न्यूगिनी
![उपाधिका लागि भिड्दै नेपाल र पपुवा न्यूगिनी](https://www.himalkhabar.com/uploads/posts/800X600/432734857_824759349680447_8219289079549577713_n-1710299773.jpg)
हङकङ पुरुष अन्तर्राष्ट्रिय टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै छन्।
हङकङ, पपुवा न्यूगिनी र नेपाल सहभागी यस त्रिकोणात्मक शृंखला अन्तर्गत मंगलबार भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो। यस्तै, दोस्रो खेलमा हङकङलाई १० विकेटले हराउँदै पपुवा न्यूगिनीले फाइनलमा स्थान बनाएको थियो।
फाइनल खेल नेपाली समय अनुसार आज ११:४५ बाट शुरू हुनेछ।