कर्णालीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
![कर्णालीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा](https://www.himalkhabar.com/uploads/posts/800X600/karnali_congress-1709635684.JPG)
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बीसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनुअघि उनीहरूले पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक समीकरण अनुसार सरकारलाई सहज बनाउन राजीनामा दिने निर्णय गरेको बताएका थिए।
पत्रकार सम्मेलनमा बोल्दै सिंहले मुलुको बदलिंदो राजनीति परिवेश र प्रदेश सरकार पुनर्गठनमा सहजता होस् भनी राजीनामा दिएको बताए। “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनुपरेको छ,” उनले भने।
पत्रकार सम्मेलनमा उनीहरूले आफ्नो कार्यकालका उपलब्धि पनि सार्वजनिक गरेका थिए। प्रदेश सरकारमा मन्त्रीका रूपमा उनीहरूले १० महीना १५ दिन काम गरेका थिए।