टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटाकी सद्भावना दूत
![टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटाकी सद्भावना दूत](https://www.himalkhabar.com/uploads/posts/800X600/nabita-shresth-(1)-1709108026.jpg)
टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई नेपालको टोयोटा कम्पनीले सद्भावना दूत नियुक्त गरेको छ।
नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) का निर्देशक सूर्यांश वैद्य र नविताले एक कार्यक्रमबीच सद्भावना दूतको सम्झौता गरेका छन्। सम्झौता अनुसार श्रेष्ठ एक वर्षका लागि सद्भावना दूत रहनेछिन्। उनले वर्षैभरि टोयोटाका विभिन्न सचेतना कार्यक्रममा साथ दिनेछिन्।
निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरूप नवितासँग सहकार्य गरेको बताए।
![nabita shresth (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Sports/nabita shresth (2).jpg)
टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउँदै श्रेष्ठले कम्पनीसँगको सहकार्यमा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने बताएकी छन्।
सम्झौता सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकाले यस सम्झौतामा एनओसीको मध्यस्थता रहेको बताए। यस साझेदारीले नेपाली खेलकूद क्षेत्र तथा खेलाडीमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।