एथर इनर्जीको डिलर पोखरामा स्थापना
![एथर इनर्जीको डिलर पोखरामा स्थापना](https://www.himalkhabar.com/uploads/posts/800X600/Ather-Energy-(2)-1709106692.jpg)
एथर इनर्जीका उत्पादन अब पोखरामा पनि खरीद गर्न पाइने भएको छ।
एथरका लागि पोखरा क्षेत्रको अटोवेज प्रालिलाई आधिकारिक विक्रेता तोकिएको छ। पोखराको नयाँबजारस्थित अटोवेज बिल्डिङमा शोरूम स्थापना गरिएको हो।
वैद्य अर्गनाइजेशनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय इलेक्ट्रिक स्कूटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री शुरू गरेसँगै काठमाडौं र ललितपुरपछि पोखरामा बिक्रीवितरण थालेको हो।
![Ather Energy (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Economics/Ather Energy (1).jpg)
अटोवेज प्रालिले टोयोटाको डिलरका रूपमा पनि गत २० वर्षदेखि पोखरामा सेवा दिइराखेको छ। पोखरामा पहिलो डिलरसँगै सर्भिस स्टेशन र दुई चार्जिङ स्टेशन अटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा छन्। थप दुई चार्जर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
अटोवेज प्रालिसँग सहकार्य गरी एथर एनर्जीलाई पोखरामा ल्याउन पाउँदा उत्साहित भएको वैद्य एनर्जीका सीईओ सूर्यांश वैद्यले बताए। एथरको मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ।