लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा
![लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा](https://www.himalkhabar.com/uploads/posts/800X600/Nepal-vs-Lebnon-1709060358.jpg)
टीम नेपालले वाफ महिला च्याम्पियनशिप उपाधिका लागि जोर्डनसँग खेल्ने भएको छ।
साउदी अरबमा जारी प्रतियोगितामा मंगलबार लेबनानलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो।
पूजा रानाले किपर एन्जिला सुब्बा तुम्बापोलाई दिएको पास आत्मघाती गोलमा परिणत भएपछि नेपाल पहिलो हाफमा १-० गोलले पछि परेको थियो।
दोस्रो हाफमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन्। सावित्रा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन्। नेपालका लागि प्रीति राईले विजयी गोल गरिन्।
![Preeti-Rai-1709061359.jpg](https://www.himalkhabar.com/uploads/posts/Preeti-Rai-1709061359.jpg?timestamp=1709061359180)
जोर्डन भने प्यालेस्टाइनलाई पराजित गरेर फाइनल पुगेको हो। नेपालले समूह चरणमा सिरिया, इराक र प्यालेस्टाइनलाई पराजित गरेको थियो। नेपालले वाफ च्याम्पियनशिपमा पहिलो पटक भाग लिएको हो।
नेपाल र जोर्डनबीचको खेल बिहीबार हुँदै छ।