टियागो ईभीको मूल्य यथावत्
टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको मूल्य यथावत् रहेको जनाएको छ।
भारतमा टाटा नेक्सन के ३ र टाटा टियागो ईभीे मिडियम रेन्जका गाडीको मूल्य समायोजन गरिएको छ। मूल्य समायोजन गरिएका गाडी नेपालमा आउन बाँकी रहेको कम्पनीले जनाएको छ।
यी ईभी गाडीहरू नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीको भनाइ छ। यसैबीच भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको कम्पनीले जनाएको छ।
अहिले नेपाली बजारमा टाटा टियागो लङ रेन्जको मूल्य २५ लाख ४९ हजार रुपैयाँदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म छ। नेक्सन ईभीको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ छ।