एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा
![एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा](https://www.himalkhabar.com/uploads/posts/800X600/exide-(2)-1708319550.JPG)
एक्साइड इन्डस्ट्रिजको विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक्साइडको इन्भर्टर नेपाली बजारमा ल्याएको छ।
एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुई वटा इन्भर्टर एकैसाथ सार्वजनिक गरिएको हो। एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेशनका लागि उपयुक्त प्योर साइन वेभ शेप, दुई वटा अप्सनमा चार्ज गर्न सकिने, एलईडी डिस्प्ले इन्टरफेस र अटोस्मार्ट प्रोटेक्शन लगायत विशेषता छन्।
त्यस्तै, एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटोसेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीम्ली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुई वटा अप्सनमा चार्ज गर्न सकिने, अटोस्मार्ट प्रोटेक्शन र नोइजलेस अपरेशन लगायत विशेषता छन्।
![exide (1).JPG](https://www.himalkhabar.com/uploads/editor/Economics/basuling suger industry/exide (1).JPG)
कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लामो समयदेखि पावर ब्याकअप सेवा दिंदै आइरहेकोमा नयाँ इन्भर्टरले आगामी दिनमा नयाँ उचाइ र आयाम छुने बताए।
त्यस्तै, एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा एकदमै खुशी लागेको बताए। यी दुई इन्भर्टरले नेपाली बजारमा पावर ब्याकअपको रेन्ज पूरा गर्ने उनको भनाइ थियो।