कांग्रेसको प्रचार उपसमितिमा थपिए सात सदस्य
![कांग्रेसको प्रचार उपसमितिमा थपिए सात सदस्य](https://www.himalkhabar.com/uploads/posts/800X600/congress_(2)_1630127384.jpg)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचारप्रसार उपसमितिमा सात जनालाई थप गरेका छन्।
सभापति देउवाले केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा संयोजकत्व रहेको उपसमितिमा सात सदस्य थपेका हुन्।
समितिमा किरण गिरी (काठमाडौं), बद्री सिग्देल (बर्दिया), सरोज अधिकारी (धादिङ), रोजी पराजुली ढकाल (मोरङ), महेश्वर गौतम (काठमाडौं), केदारनाथ दाहाल (ललितपुर) र जगत प्रजापति (भक्तपुर)लाई थप गरिएको छ।