नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
![नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य](https://www.himalkhabar.com/uploads/posts/800X600/surya_sompal-1707376538.jpg)
एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २२४ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले अर्द्धशतक प्रहार गरे। उनले ५८ बलमा ६२ रन बनाए।
त्यस्तै, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए।
क्यानडाका लागि उदय भगवान्ले तीन, साद विन जाफर र ईश्वरज्वत सोहीले दुई-दुई तथा शहिद अहमदजाइ र हर्ष ठाकेरले एक-एक विकेट लिए।