क्यानडा र नेपालबीचको एकदिवसीय शृंखला आजबाट
![क्यानडा र नेपालबीचको एकदिवसीय शृंखला आजबाट](https://www.himalkhabar.com/uploads/posts/800X600/426495852_803623375127378_946141610140982277_n-1707361496.jpg)
क्यानडा र नेपालबीचको एकदिवसीय क्रिकेट शृंखला आजबाट शुरू हुँदै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेल बिहान ९:१५ बाट शुरू हुनेछ। तीन खेलको शृंखला अन्तर्गत दोस्रो र तेस्रो खेल क्रमशः माघ २७ र २९ गते हुनेछन्।
यो प्रतियोगिता लगत्तै नेपालले आगामी फागुन ३ गतेदेखि १३ गतेसम्म चल्ने आईसीसी क्रिकेट वर्ल्ड कप लिग-टू खेल्नेछ।
आज नेपाली टोली नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रनेछ भने क्यानडाको टोलीको कप्तानी साद बिन जाफरले गर्नेछन्।
क्यानेडियन टोलीका प्रशिक्षक पुबुदु दासानायके हुन्। उनी यसअघि नेपालको प्रशिक्षक रहिसकेका छन् भने उनैको नेतृत्वमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।