ढिलो गरी हिमपात (तस्वीरहरू)
![ढिलो गरी हिमपात (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/jumla-(1)-1706762842.jpg)
हरेक वर्ष हिउँद शुरू भएसँगै हिमपात हुने हिमाली क्षेत्रमा यस वर्ष ढिलो गरी हिउँ परेको छ।
बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको छ। सदरमुकाम खलङ्गा सहित जिल्लाभर करीब आधा फिट हिउँ जमेको छ।
हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान हिउँ परेपछि खुशी भएका छन्। यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो।
![jumla (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/jumla (2).jpg)
मध्य माघसम्म हिउँ नपरेपछि किसान खडेरी लाग्ने चिन्तामा थिए। उच्च पहाडी क्षेत्रमा जौ र गहुँबालीका लागि यो हिउँले निकै राहत मिलेको छ।
त्यस्तै, स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकाया बताउँछन्। जुम्ला लगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाइ सेवा अवरुद्ध भएको छ।
हुम्लाको सिमकोटमा परेको हिउँ।![simkot (1)-1.jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/simkot (1)-1.jpg)