उर्लाबारीबाट उद्धार गरिएको हिउँ चितुवा चिडियाखानामा
![उर्लाबारीबाट उद्धार गरिएको हिउँ चितुवा चिडियाखानामा](https://www.himalkhabar.com/uploads/posts/800X600/snow-leopard-(2)-1706329963.jpg)
मोरङको उर्लाबारी नगरपालिका-१, चारघरेबाट उद्धार गरिएको हिउँ चितुवालाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।
उर्लाबारीबाट ल्याइएको हिउँ चितुवाको अवस्थामा सामान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले बताए। उनका अनुसार पछाडिको बायाँ खुट्टा टेक्न असहज भए पनि बाहिरी कुनै किसिमको चोट देखिएको छैन।
नेपालले संरक्षित सूचीमा राखेको हिउँ चितुवा मध्य तथा दक्षिणएशियाका १२ देशमा पाइन्छ। संसारभर तीन हजार ९२१ देखि ६ हजार २९० को हाराहारीमा हिउँ चितुवा रहेको अनुमान छ। नेपालमा पनि ३०१ देखि ४०० को संख्यामा हिउँ चितुवा रहेको आकलन छ।
![snow leopard (1).jpg](https://www.himalkhabar.com/uploads/editor/wildlife/snow leopard (1).jpg)
नेपालमा दुई हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने भए पनि यो भने १४६ मिटरको उचाइमा रहेको चारघरे क्षेत्रमा भेटिएको हो। यो कसरी चारघरे क्षेत्रमा पुग्यो भन्ने अध्ययन तथा अनुसन्धानकै विषय रहेको शाहले बताए।
यो पनि पढ्नुहोस् :विज्ञ भन्छन्- मोरङमा हिउँ चितुवा ‘आएको’ नभई ‘ल्याइएको’ हुन सक्छ