संघीय संसद्का महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डेयको नाम सिफारिश
![संघीय संसद्का महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डेयको नाम सिफारिश](https://www.himalkhabar.com/uploads/posts/800X600/Padma-Prasad-Pande-1702275967.jpg)
संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
गौतमले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा स्वीकृत हुन बाँकी छ। उनको कार्यकाल आठ महीना बाँकी थियो।
संघीय संसद्को नयाँ महासचिवका लागि पदमप्रसाद पाण्डेयको नाम सिफारिश गरिएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवका लागि पाण्डेयको नाम सिफारिश गरेका हुन्। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिशमा राष्ट्रपतिले संघीय संसद्को महासचिव नियुक्त गर्ने व्यवस्था छ।