साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ
![साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/gold_nrb_(2)_1692003193.jpg)
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलोग्राम सुन सहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।
भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले गएराति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुन सहित इजिप्टका नागरिक मोहम्मद मोगामद लसिमलाई पक्राउ गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई गएराति पक्राउ गरिएको बताए। सुनको कारोबारमा संलग्न अन्य दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। पक्राउ परेेका लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन कार्यालयले बरामद गरेको हो।