राप्रपाले पृथ्वी जयन्ती उत्सवका रूपमा मनाउने
![राप्रपाले पृथ्वी जयन्ती उत्सवका रूपमा मनाउने](https://www.himalkhabar.com/uploads/posts/800X600/rpp-1701939607.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ।
बिहीबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग छलफल गर्ने जिम्मेवारी बुद्धिमान तामाङ र इलाम लगायतमा हुने उपनिर्वाचन सम्बन्धी आवश्यक तयारीको जिम्मेवारी हेमजंग गुरुङलाई दिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ।