आरती साहका श्रीमान्लाई थुनामा पठाउन आदेश
![आरती साहका श्रीमान्लाई थुनामा पठाउन आदेश](https://www.himalkhabar.com/uploads/posts/800X600/aarati-shah-1701873904.jpg)
सर्वोच्च अदालतले जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोकमा मृत फेला परेकी आरती साहका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्च अदालतको आदेश उल्टाउँदै मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको आरतीका दाइ प्रेम साहले जानकारी दिए। उनका अनुसार आरतीका ससुरा मदनमोहन साहलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
गत जेठ ७ गते आरती आफ्नै घरमा मृत फेला परेकी थिइन्। आरतीलाई दाइजोको निहुँमा श्रीमान् र ससुराले मारेको माइती पक्षको आरोप छ।
आरतीकी आमा निर्मलादेवी साह न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बस्दा पनि सरकारले न्यायका लागि ठोस कदम चालेको थिएन। त्यसपछि मधेश प्रदेशका पूर्व न्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
आरतीको न्यायको माग गर्दै १२४ दिनदेखि माइतीघर मण्डलमा धर्ना बसेको निर्मलादेवीको परिवारमाथि प्रहरीले धरपकड गरेर उल्टै हिरासतमा राख्यो। अदालतको आदेशले आफूहरूलाई आंशिक न्याय मिलेको आरतीका दाजु प्रेम बताउँछन्।
यो पनि पढ्नुहोस् :माइतीघरमा छोरीका लागि न्याय खोजिरहेकी आमा
![a1-1701878415.jpg](https://www.himalkhabar.com/uploads/posts/a1-1701878415.jpg?timestamp=1701878415867)
![a2-1701878453.jpg](https://www.himalkhabar.com/uploads/posts/a2-1701878453.jpg?timestamp=1701878454253)
![a3-1701878489.jpg](https://www.himalkhabar.com/uploads/posts/a3-1701878489.jpg?timestamp=1701878489872)