पूर्व मन्त्री भेषबहादुर थापाले ल्याए ‘राष्ट्र-परराष्ट्र’
![पूर्व मन्त्री भेषबहादुर थापाले ल्याए ‘राष्ट्र-परराष्ट्र’](https://www.himalkhabar.com/uploads/posts/800X600/bheshbahadur-thapa-(2)-1700568719.jpg)
पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म सार्वजनिक भएको छ।
काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा मंगलबार आयोजित एक कार्यक्रममा सांसदद्वय डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा र हरिबहादुर थापा तथा लेखक डा. थापाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
कार्यक्रममा लेखक डा. थापाले आफ्नो व्यावसायिक जीवनलाई पछि फर्केर हेर्दा पुस्तकले यस रूपमा आकार लिएको बताए। पुस्तकमा आफ्नो निजी जीवनभन्दा पनि व्यावसायिक जीवन र देशका लागि जुट्दा-खटिंदा देखेभोगेको अवस्थालाई चित्रण गरेको उनको भनाइ थियो।
![bheshbahadur thapa (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Book/bheshbahadur thapa (1).jpg)
पूर्व राजदूत एवम् नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर डा. थापा २४ वर्षको उमेरमै राष्ट्रिय योजना परिषद्को सदस्य-सचिव भएका थिए। अमेरिका र भारतका लागि राजदूत भइसकेका थापा पछिल्लो समय नेपालका तर्फबाट नेपाल-भारत प्रबुद्ध समूहका संयोजक थिए।
यस पुस्तकलाई देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाको ‘भित्रिया वृत्तान्त’ का रूपमा हेरिएको छ। पत्रकार हरिबहादुर थापाले सहलेखन गरेको पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।