नयाँ मोडलमा सीजीका रेफ्रिजेरेटर
विद्युतीय र घरायसी सामग्रीको उत्पादक सीजी डिजिटलले २५ भन्दा बढी नयाँ मोडलका रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।
पाँच वर्षसम्मको वारेन्टी रहेका यी रेफ्रिजेरेटरहरूमा शक्तिशाली कम्प्रेसर, सुपर क्विक आइस लगायतका सुविधा छन् ।
कम्पनीले वाटर डिस्पेन्सर सहितको रेफ्रिजेरेटर समेत बजारमा ल्याएको छ । यसमा रेफ्रिजेरेटरको ढोका नखोली चिसो पानी निकाल्न मिल्छ ।