मलेशिया विरुद्ध कुशल मल्लको अर्धशतक
![मलेशिया विरुद्ध कुशल मल्लको अर्धशतक](https://www.himalkhabar.com/uploads/posts/800X600/kushal_mall_1682060118.jpg)
आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायरमा मलेशिया विरुद्ध नेपालका ब्याटर कुशल मल्लले अर्धशतकीय पारी खेलेका छन्।
समाचार तयार पार्दासम्म मल्ल २७ बलमा ५३ रन बनाएर मैदानमै छन्। नेपालले भने १३ ओभरको खेल सकिंदा तीन विकेटको क्षतिमा १३४ रन बनाएको छ।
नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३२ रन र रोहित पौडेलले दुई रनको पारी खेलेका छन्।
अहिले मल्लसँगै सन्दीप जोरा मैदानमा छन्।